विशिष्टीकृत अनुसन्धान केन्द्र कर्णाली प्रदेश को आयोजनामा सम्पन्न २ दिने साइबर-सुरक्षा सम्बन्धि कार्याशालामा सहभागीहरु
नेपाल विज्ञान तथा प्राविधी प्रज्ञा प्रतिष्ठान विशिष्टिकृत अनुसन्धान केन्द्र कर्णालि प्रदेश द्वारा "Building Cyber–Ready Organizations Strategy, Tools, and Hands–On Insights' नामक शीर्षकमा आयोजित २ दिने कार्याशाला गोष्ठी सम्पन्न भयको छ । उक्त कार्यशाला गोष्ठीको मुख्य उद्देश्य डिजिटल प्रविधिमा रहेको अन्तर (डिजिटल ग्याप) कम गर्नुका साथै साइबर सुरक्षा सम्बन्धी सचेतना र दक्षता अभिवृद्धि गर्नु रहेको थियो | उक्त कार्यशालामा नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल टेलिकम, जल तथा मौसम विज्ञान विभाग, जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी कार्यालय, लोकसेवा आयोग, मध्यपश्चिम विश्वविद्यालय,प्रदेश सरकार, लगायत अन्य सरोकारवाला निकायमा कार्यरत कम्प्युटर अधिकृत, कम्प्युटर अपरेटर, सरकारी वकिल, पत्रकार लगायतका विभिन्न निकायका प्रतिनिधिहरू सहभागी भएका थिए । यस कार्याशाला गोष्ठीले सहभागीहरूलाई संस्थागत स्तरमा साइबर सुरक्षा कसरी सुदृढ बनाउने, डिजिटल प्रणालीमा देखिने जोखिमहरूको पहिचान र व्यवस्थापन कसरी गर्ने, तथा बढ्दो साइबर चुनौतीहरूबाट डेटा र सूचना प्रणालीलाई सुरक्षित राख्ने उपायहरूबारे व्यावहारिक तथा प्राविधिक ज्ञान प्रदान गरिएको थियो । यश कार्यक्रमलाइ साइबर सुरक्षाका बिषयका अन्तरास्ट्रिय बिज्ञ इ. कुमार पुडासैनी, नास्टका प्राज्ञ तथा IT बिज्ञ प्रा.डा. सुबर्ण शाक्य, डा.निरोज पण्डे, डा. बिमला देवी देबकोटा, प्रदिप ढोडारी, नरेश कोइराला र कार्यक्रमको संचालन अनुसन्धान केन्द्रका निमित्त प्रमुख बम बहादुर साउँदले सन्चालन गर्नुभयको थियो ।